Above Article Ad
  • डोटीमा शिक्षिका मृत फेला,शिक्षा अधिकृत रावल नियन्त्रणमा

    Above Article Content Ad
  • धनगढी-डोटीको पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया शिक्षिका जानकी खड्का घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ

    प्रहरीले घटनासँग सम्बन्धित भन्दै शिक्षा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत गणेश रावललाई नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक जोशीका अनुसार, “रावलमाथि आत्महत्या दुरुत्साहनको अभियोगमा अनुसन्धान अघि बढाइएको छ।”

    Article inline ad #1
  • घटनास्थलबाट रावलका नाममा लेखिएको सुसाइड नोट फेला परेपछि प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ। मृतक खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।

    Article inline ad #2

    शिक्षिका खड्का बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा कार्यरत थिइन्। उनले यसअघि धनगढीको डिस्कभरी स्कुलमा अध्यापन गर्दै शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति प्राप्त गरेकी थिइन्।
    प्रहरीका अनुसार मृतक अविवाहित थिइन् भने पक्राउ परेका रावल विवाहित जीवनपछि सम्बन्धविच्छेद गरिसकेका व्यक्ति हुन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6