
सुदूरपश्चिममा प्रहरीका २ डीएसपी, २ एसपी र ६ इन्स्पेक्टरसहित २५ जनालाई पुरस्कार
धनगढी: सुदूरपश्चिममा प्रहरीका एसपीसहित २५ जना प्रहरीलाई पुरस्कार दिएइको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले ७०औं प्रहरी दिवस २०८२ को अवसरमा उनीहरु पुरस्कृत भएका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार एसपीद्वय रामप्रकाश शाह र प्रेमबहादुर शाही, डीएसपीद्वय निशान्त श्रीवास्तव र डा. पुनम पाठक, इन्सपेक्टरहरु प्रकाश कार्की, हेमराज भट्ट, राजन उप्रेती, अर्जुन सिंह साउद, वीर बहादुर पार्की र डा. नम्रता पण्डित लगायत २५ जना पुरस्कृत भएका हुन्।
उनीहरूलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले पुरस्कार प्रदान गरेका थिए।
उक्त कार्यक्रममा नेपाल प्रदेश प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र शाहीले अध्यक्षता गरेकोमा विभिन्न कार्यालयका प्रहरी प्रमुखसहित कर्मचारीको सहभागीता थियो।
यस्तै उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी धनगढी, कैलालीका प्रहरी उपरीक्षक गौतम मिश्रले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ्ग ज्यूको शुभ-कामना सन्देश वाचन गरेका थिए।
यस्तै ७० औं प्रहरी दिवस २०८२ को अवसरमै आयोजित ब्याटमिन्टन र फुटबल प्रतियोगितामा बिजेता तथा उप-बिजेता टिमका खेलाडीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो।















