Above Article Ad
  • पुनर्वासमा कञ्चन नेवाः समाजद्वारा नेपाल सम्बत ११४६ को अवसरमा शुभकामना आदान-प्रदान

    Above Article Content Ad
  • कार्यक्रममा नेवार समुदाय द्वारा मनाईने नेपाल सम्वत नयाँ बर्ष को महत्त्वको बिषयमा प्रकाश पार्दै कञ्चन सेवा समाजका पुर्व अध्यक्ष खेमराज श्रेष्ठले अतिथि हरूलाई स्वागत गर्नुभएको थियो । नेपाल सम्वत नेवार समुदायद्वारा मनाइने एक अत्यन्त पुरानो र गौरवमय स्थानीय पात्रो (क्यालेन्डर) हो। यसको आरम्भ र महत्त्व दुवै ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले निकै महत्वपूर्ण रहने गरेको पुर्व अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

    Article inline ad #1
  • Article inline ad #2

    कार्यक्रमका प्रमुख अतिथि एबं पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मित्र सिंह लामाले विभिन्न भाषाभाषी, भेषभुषाले धनी पुनर्वास नगरपालिकामा कञ्चन नेवा समाजले आफ्नो मौलिक संस्कृति झल्काउदै सामाजिक क्षेत्रमा समेत उल्लेखनीय काम गर्दै आएकोमा धन्यवाद एबं शुभकामना व्यक्त गर्नुभयो । उहाँले कञ्चन नेवा समाजले आयोजना गर्ने हरेक क्रियाकलापमा नगरपालिका बाट गरिनुपर्ने हरेक गतिविधिमा सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नेपाल सम्वतको सुरु मिति: सन् ८७९ ईस्वी (वि.सं. ९३६ तिर)बाट आरम्भ भएको इतिहासमा उल्लेख रहेको छ भने महान् व्यापारी तथा समाजसेवी शंखधर साख्वाले त्यस समयमा दरिद्र जनतालाई ऋणमुक्त बनाएर नयाँ युगको सुरुवात गरि त्यसै बेलादेखि “नेपाल सम्वत” नामक नयाँ पात्रोको आरम्भ भएको इतिहास रहेको नेवार समुदायका बुद्धिजीवीहरू बताउँछन् ।

    कार्यक्रममा सभापतिको आसनबाट बोल्दै कञ्चन सेवा समाजका अध्यक्ष तिलकुमार श्रेष्ठले नेपाल सम्वतको नयाँ वर्ष (नयाँ सम्वत) कार्तिक शुक्ल प्रतिपदा (तिहारपछिको दिन, गोवर्धन पूजा वा म्हः पूजाको दिन) मा मनाइने तथा यो दिनलाई नेवार समुदायमा “म्हः पूजा” (आफ्नै आत्माको पूजा) गरेर मनाउने गरेको उहाँले बताउनुभयो।

    काठमाडौं उपत्यकामा यस दिन दीपावली, लिंग्यः नखः, र सांस्कृतिक झाँकीहरू निकालेर मनाइन्छ। नेपाल सम्वत नेपालकै मौलिक पात्रो हो, जसले नेपालको सांस्कृतिक स्वतन्त्रता र पहिचान जनाउँछ।

    नेपाल सम्वतले नेवार सभ्यता, व्यापार, संस्कृति र कृतज्ञताको इतिहास बोकेको कञ्चन सेवा समाजका सचिव भिम कुमार श्रेष्ठले स्पष्ट पार्नुभयो ।  नेपाल सरकारले वि.सं. २०६६ सालदेखि नेपाल सम्वतलाई राष्ट्रिय पात्रोको रूपमा मान्यता दिएको छ भने शंखधर साख्वालाई राष्ट्रिय नायकको उपाधि पनि प्रदान गरेको नेवार समुदायका जानकारहरू बताउँछन् ।

    कञ्चन सेवा समाज पुनर्वास का अध्यक्ष तिलकुमार श्रेष्ठ को सभापतित्वमा भएको कार्यक्रममा पुनर्वास नगरपालिका ६ का वडा अध्यक्ष मित्र सिंह लामा प्रमुख अतिथि रहनुभएको थियो । यस्तै कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा नेवा देय दवु सुदूरपश्चिम प्रदेशपुर्व उपाध्यक्ष एक कुमार श्रेष्ठ रहनुभएको थियो । अतिथि हरूमा वडा सदस्य ठाकुर प्रसाद अम्गाई , वडा सदस्य भावना स्वर्णकार , सुमित्रा भुजेल, बिष्णुमाया कोईराला लगायत रहेका थिए । कार्यक्रम को सञ्चालन समाजका सचिव भिम कुमार श्रेष्ठले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by