Above Article Ad
  • पुनर्वासमा भन्सार छली ल्याइएका सामान प्रहरीद्वारा बरामद

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–४ स्थित लोहनी चोकबाट भारतबाट भन्सार छली गरेर नेपाल भित्र्याइएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।

    इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट प्रहरी नायब निरीक्षक कैलाश कुमार मल्ल र अस्थायी प्रहरी पोस्ट आई. बि. आर. डी.बाट प्रहरी सहायक निरीक्षक वीरेन्द्र बहादुर खडायतको कमाण्डमा खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको उक्त सामान बरामद गरेको हो ।

    Article inline ad #1
  • प्रहरीका अनुसार बरामद सामानमा २.२५ लिटरका कोक ५० बोतल, मैदा ४५ केजी, नमकिन १६० प्याकेट र दुई थान साइकल रहेका छन् । बरामद सामानको कुल मूल्य करिब २१ हजार २ सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाइएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको प्रहरीले जनाएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6