
नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई गृह नगरमा सम्मानको ओईरो
Above Article Content Ad
पुनर्वास – कञ्चनपुरको पुनर्वास घर भएका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई गृह नगरमा सम्मान गर्नेहरुको ओईरो लागेको छ ।
वरिष्ठ उपरीक्षकमा बढुवा भएपछी पहिलो पटक गृह नगर पुग्नुभएका अधिकारीलाई नगरपालिका,विद्यालय र स्थानीयहरुबाट सम्मानको ओईरो लागेको हो ।
सोमबार श्री जीवन ज्योति माध्यमिक विद्यालयले सरस्वती माताको पुजासंगै नेपाल प्रहरीको उच्च पद वरिष्ठ उपरीक्षकमा बढुवा भएका अधिकारीलाई पनि सम्मान गरेको थियो । वरिष्ठ उपरीक्षक अधिकारीले जीवन ज्योति माध्यमिक बिद्यालयबाट प्राथमिक तह अध्ययन गरेका थिए । उनी पुनर्वास नगरपालिका-६ निवासी अग्रज समाजसेवी तथा जीवन ज्योति माध्यमिक बिद्यालयका पुर्व शिक्षक हरि प्रसाद अधिकारीका जेठा छोरा हुन ।
हालै बढुवा भई संघिय राजधानी काठमाण्डौंमा सरूवा भएका वरिष्ठ उपरीक्षक अधिकारी पुनर्वासकै शान र गौरव भएको भन्दै बिद्यालयले उनलाई सम्मान गरेको हो । यसै बिद्यालयमा आफैंले पढाएको विद्यार्थीलाई नेपाल सरकारको गरिमामय उच्च प्रहरी पदमा जिम्मेवारी प्राप्त गरेको देख्न पाँउदा अत्यन्तै खुशी भएको प्रधानाध्यापक भरत कुमार बस्नेतले बताए । वरिष्ठ उपरीक्षक नवराज अधिकारीको प्रमुख आतिथ्य मा भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मित्र सिंह लामा सभापति रहेका थिए ।
अधिकारीलाई खादा र मालाले सम्मान गरिएको थियो । आफुले पढेको बिद्यालय तथा आफुलाई पढाउने शिक्षकशिक्षिकाबाट सम्मान हुन पाउँदा खुसी लागेको वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए ।
कार्यक्रम लाई समापन गर्दै बिद्यालय व्यवस्थापन समिति अध्यक्ष मित्र सिंह लामाले नवराज अधिकारी हाम्रो पुनर्वासको गौरबको रूपमा हामीले बुझेका छौ । उहाँ यो भन्दापनि अझ माथिल्लो स्थानमा पुग्नुहुनेछ भनी लामाले शुभकामना दिएका थिए । बिद्यालय व्यवस्थापन समिति सदस्य , पुर्व शिक्षक हरू , बिद्यालयका शिक्षकशिक्षिका, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शिक्षक चन्द्र ढकालले गरेका थिए ।


फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad














