
सन्त निरंकारी मण्डलको ३५ औं वार्षिक साधारणसभा सम्पन्न
दाङ – सन्त निरंकारी मण्डल नेपालको ३५ औं वार्षिक साधारण सभा दाङको तुल्सीपुर सम्पन्न भएको छ ।
तुल्सीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलको रहेको थियो ।
आर्थिक वर्ष २०८० /०८१ मा सन्त निरंकारी मण्डल नेपालले गरेका आध्यात्मिक तथा सामाजिक कार्यक्रम सहितको वार्षिक प्रतिवेदन केन्द्रिय सचिव अनिल महर्जनले साधारण सभामा पेश गरेका थिए ।
त्यसैगरी २०८०/०८१ आयव्यय सहित २०८१/०८२ को अनुमानित आय विवरण केन्द्रिय कोषाध्यक्ष कृष्ण कन्हैया पाठकले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि खड्काले निरंकारी मिशन मानवताको पाठ पढाउने विशद्ध मार्ग भएको बताउँदै सो मार्गमा सबैलाई लाग्न प्ररेणा दिएका छन् ।
साधारण सभामा मण्डलका अध्यक्ष रावलले सम्पूर्ण सहभागीलाई धन्यवाद दिँदै सन्त निरंकारी मिशन कुनै धर्म या सम्प्रदाय नभई यो एक विज्ञ आध्यात्मिक विचारधारा भएको बताएका छन् ।
“ईश्वर एक सर्वत्र व्याप्त छ भन्ने कुरालाई समयका सत्गुरुको माध्यमबाट जान्न सकिन्छ भन्ने मिशनको मूल मान्यता रहेको छ । हामी सबै एउटै ईश्वरका सन्तान हौं, ईश्वरको ज्ञानले मानवमा विश्ववन्धुत्व, मानवता कायम गर्ने लक्ष्य रहेको छ ।” उनले भने, “यस सन्त निरंकारी मिशनको स्थापना ई.स. १९२९ मा पेशावर वर्तमान पाकिस्तानमा हुँदा जही सत्गुरु बावा बुटा सिंहजीले ब्रह्मज्ञानको ज्योति दिएर जिज्ञासुहरुलाई यस निराकार परमात्माको दर्शन गराएका थिए ।”
नेपालमा भने वि.सं. २०२० सालदेखि सुदरपश्चिम प्रदेशको अछाम जिल्लाबाट सन्त निरंकारी मिशनको सत्संग शुरु भएको बताएका छन् ।
साधारण सभा कार्यक्रममा केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर पन्तले स्वागत गरेको कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव नरबहादुर विकले गरेका थिए ।