
पहिलोपटक भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ
Above Article Content Ad
काठमाडौं – आज गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामर्फत भारत भ्रमणमा निस्किएका हुन् ।
बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन भारत जान लागेका हुन् ।
बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् ।नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् ।
Article inline ad #1
मन्त्रीस्तरीय जमघटअघि बिमस्टेकका गृहसचिवहरूको बैठक बस्ने नेपाली अधिकारीहरूले जनाएका छन्। भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहलगायत अन्य सदस्य राष्ट्रका गृहमन्त्रीहरूसँग द्विपक्षीय छलफल गर्ने तय भएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















