Above Article Ad
  • अमेरिकीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनबाट बाहिर निकाल्ने प्रक्रिया शुरू

    Above Article Content Ad
  • एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट अमेरिकालाई बाहिर निकाल्ने प्रक्रिया शुरू गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको छ।

    पहिलो कार्यकालमा पनि डब्ल्यूएचओसँग रुष्ट बनेर अमेरिकालाई बाहिर निकाल्ने घोषणा गर्नुभएका ट्रम्पले दोस्रो कार्यकालको शुरुआतकै दिन फेरि बाहिरिने आदेश दिनुभएको बीबीसीले जनाएको छ। कार्यकारी आदेश भनेको राष्ट्रपतिले नीतिगत परिवर्तनहरू लागू गर्न सक्ने तरिकाहरूमध्ये एक हो। जसका लागि सांसदहरूको मत हासिल गर्न आवश्यक पर्दैन। अरू देशहरूको तुलनामा अमेरिकाले डब्ल्यूएचओका लागि अनुचित मूल्य चुकाएको ट्रम्पको भनाइ छ।

    Article inline ad #1
  • अमेरिका विश्व स्वास्थ्य सङ्गठनको सबैभन्दा ठूलो दाता हो। सन् २०२३ मा अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनको बजेटको २० प्रतिशत अर्थात् १ अर्ब ३६ करोड डलर सहयोग गरेको थियो। अमेरिकाले वर्षेनि डब्ल्यूएचओको बजेटको १५ देखि २० प्रतिशत हिस्सा सहयोग गर्दै आएको छ। अमेरिकाले विभिन्न स्वास्थ्य कार्यक्रम, अनुसन्धान र आपत्कालीन प्रतिक्रियामा पनि सहयोग गर्दै आएको छ। यसअघि कोभिड–१९ को विषयमा डब्ल्यूएचओले चीनको पक्ष लिएको भन्दै ट्रम्पले अमेरिका विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिएको घोषणा गर्नुभएको थियो। जो बाइडेन राष्ट्रपति भएपछि अमेरिका पुनः विश्व स्वास्थ्य सङ्गठनमा सहभागी भएको हो।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by