Above Article Ad
  • धनगढीमा अस्ताए पत्रकार बिष्ट, १८ दिनअघि गुमाएका थिए आमा

    Above Article Content Ad
  • धनगढी-पत्रकार राजेन्द्र बिष्टको उपचारका क्रममा निधन भएको छ। प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष बिष्टको बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको हो।

    कलेजोमा संक्रमण देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै जाँदा उनलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा उपचार भइरहेका बेला उनको निधन भएको प्रेस चौतारी नेपाल सुदूरपश्चिमका इञ्चार्ज दिलबहादुर छत्यालले पुष्टि गरेका छन्।

    Article inline ad #1
  • बिष्टको निधनले पत्रकारिता क्षेत्रमा शोक छाएको छ। कञ्चनपुर निवासी उनी लामो समयदेखि राष्ट्रिय समाचार समिति (रासस)मा आबद्ध थिए। पारिवारिक रूपमा पनि बिष्ट पछिल्लो समय शोकमा थिए। गत कात्तिक २२ गते उनकी आमा विष्णादेवी बिष्टको निधन भएको थियो। आमाको निधनको १८ दिनपछि उनको पनि निधन भएको हो। आमाको किरिया सकेलगत्तै उनको स्वास्थ्यमा समस्या देखिएको थियो।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6