Above Article Ad
  • दोधाराचाँदनी झोलुङ्गे पुल मर्मतमा ढिलाइ, प्रदेश सरकारद्वारा एक करोड विनियोजन

    Above Article Content Ad
  • धनगढी-महाकाली नदीमाथि रहेको कञ्चनपुरको दोधाराचाँदनी झोलुङ्गे पुल भाँचिएको झन्डै दुई साता पुगेको छ। सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित दोधाराचाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने उक्त पुल असोज १४ गते भाँचिएको थियो। तर, पुल मर्मतको प्रक्रिया भने अगाडि बढ्न सकेको छैन।

    पुल भाँचिएपछि स्थानीय बासिन्दा, पर्यटक तथा आवतजावत गर्ने सर्वसाधारणमा यसको मर्मत र पुनः सञ्चालनबारे चासो बढेको छ। पुलको अवस्थाबारे निरीक्षण गरेको संघीय सरकारअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागले मर्मतका लागि आवश्यक बजेट व्यवस्थापनको प्रक्रिया अघि बढाएको जनाएको छ। स्थानीय पूर्वाधार विकास विभागका प्रमुख इन्जिनियर कमलकुमार अधिकारीका अनुसार पुलको निरीक्षणपछि मर्मतका लागि आवश्यक बजेटसम्बन्धी प्रतिवेदन मन्त्रालयमा पेस गरिएको छ। बजेट स्वीकृतिको प्रक्रिया समयमै पूरा भए चालु आर्थिक वर्षभित्रै मर्मतको काम सुरु गर्न सकिने उनले बताएका छन्।

    Article inline ad #1
  • तर, बजेट स्वीकृत नभएसम्म मर्मतको काम कहिले सुरु हुन्छ भन्ने निश्चित छैन। बजेट व्यवस्थापन र स्वीकृतिको प्रक्रियाले समय लिँदा पुल मर्मतको काम थप पछाडि धकेलिने हो कि भन्ने चिन्ता पनि स्थानीयको छ। यता कञ्चनपुर– ३ का सांसद ज्ञानेन्द्र महताका अनुसार पुल मर्मतको कामलाई प्राथमिकतामा राखिएको छ। ‘महाकालीमा अहिले पानीको बहाब बढी छ,’ उनले भने, ‘बहाब घटेपछि मर्मत सुरु हुन्छ ।’

    Article inline ad #2

    महाकाली नदीमाथिको यो झोलुङ्गे पुल दोधाराचाँदनी र भीमदत्त नगरपालिकालाई जोड्ने संरचना हुनुका साथै पर्यटकीय आकर्षणका रूपमा पनि परिचित छ। यस्तै, आइतबार सार्वजनिक सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा पुल मर्मतका लागि एक करोड विनियोजन गरेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6