Above Article Ad
  • बेलौरीमा धारिलो हतियार देखाएर नाबालक कुट्ने ५ जना पक्राउ

    Above Article Content Ad
  • बेलौरी – कञ्चनपुरको बेलौरीमा धारिलो हतियार देखाएर एक नाबालकलाई कुटपिट गदै मानसिक तनाव दिने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका – ९ खजुवावस्तीको जङ्गलमा सोही ठाउँका नाबालकलाई खुकुरी देखाएर कुटपिट सँगै मानसिक तनाव दिने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ५ जनालाई पक्राउ गरी अपहरण, शारीरिक बन्धन सहित ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । कुटपिट गरिएका नाबालकको अवस्था सामान्य रहेको छ । उनको शरीरमा चोटपटक भने देखिएको छैन ।

    Article inline ad #1
  • घटना कसरी बाहिरियो ?

    Article inline ad #2

    खुकुरी देखाएर कुटपिट गरेको घटना असोज २३ गते साँझको हो । घटनाको भिडियो सार्वजनिक भएपछि घटना बाहिरिएको थियो । सार्वजनिक भिडियोमा जङ्गलमा नाबालकलाई नग्न पारेर खुकुरी प्रहार गर्ने प्रयास गरेको देखिन्छ ।

    यति गर्दा उनले दुई हात जोडेर केही नर्गन हारगुहार गरेको देखिन्छ । यी सङ्गै भिडियोमा उनलाई झापड हानेर डोरी बाँधेर मानसिक तनाव दिइएको पनि देखिन्छ ।

    यही घटनामा ५ जनालाई प्रहरीले २४ गते घरबाटै पक्राउ गरेको छ । घटनामा संलग्न एक जना भने फरार रहेका छन् । प्रहरी स्रोतका अनुसार कुटपिट सँगै मानसिक तनाव दिइएको भिडियो कुट्ने मध्येबाटै एक जनाले आफ्ना साथीहरूलाई पठाएका थियो । त्यो भिडियो २४ गते कुटिनेका भाइले पाएपछि उनले आमालाई देखाएका थिए । आमाले भिडियो देखेपछि प्रहरीमा उजुरी दिएका थिए ।

    परिवारको जाहेरी अनुसार ५ जनालाई पक्राउ गरिएको छ भने १ जना अझै फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका नाबालक रहेको भन्दै नाम सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार खुकुरी व्यक्ति केहि दिन अघि मात्रै काठमाडौँबाट बिदामा घर आएका थिए ।

    घटनामा कुटिने नाबालक केहि महिना अघि चोरीको घटना आफ्नै उमेर समूहका व्यक्तिहरूबिच सामान्य विवाद भएको थियो । स्रोतका अनुसार उक्त घटनालाई लिएर बेला बेला विवाद भइरहने थियो । कानको बाली चोरिएको घटना प्रहरीसम्म पुगेर छलफल भई सहमति भएको बुझिएको छ । पछि यसै कुरालाई लिएर फोनमा धाक धम्की दिने भइरहेको स्रोतको भनाइ छ ।

    यसै कुरालाई लिएर भिडियोमा देखिएका विष्ट थरका युवकले गाउँ आएपछि जानकारी पाए । जानकारी पाएपछि फोन गर्दा समेत गालीगलौज गरेपछि उनलाई चेतावनी स्वरूप यस्तो गरिएको स्रोतले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6