Above Article Ad
  • बेलौरीको भंगी नालामा एक पुरुष मृत फेला

    Above Article Content Ad
  • इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल चौधरीका अनुसार केसी हिजो (शनिबार) दिउँसो करिब २ बजेदेखि सम्पर्कमा थिएनन्। लामो समयसम्म घर नफर्किएपछि परिवार तथा स्थानीयले उनको खोजी सुरु गरेका थिए।

    आइतबार बिहान केसी बेपत्ता भएको जानकारी पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी कार्य तीव्र पारेको थियो। टोलीले आसपासका क्षेत्र तथा भंगी नालामा खोजी गर्ने क्रममा अन्ततः केसीलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • बेलाैरी प्रहरीका अनुसार केसीको शव भंगी नालामा फेला परेको हो। शव फेला परेपछि प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

    Article inline ad #2

    स्थानीयका अनुसार केसीले मदिरा सेवन गर्ने गरेकाे बताइन्छ। यद्यपि, उनको मृत्यु मदिरा सेवनकै कारण भएको हो वा अन्य कुनै कारणले भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

    घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धानपछि मात्रै मृत्युको कारणबारे थप जानकारी आउने प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6