Above Article Ad
  • इजरायलमा नेपाली जनसम्पर्क समितिको महाधिवेशन प्रतिनिधिमा नारद बोगटी निर्वाचित

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वास नगरपालिका ५ भानुबस्ती घर भएका नारद बोगटी इजरायलको महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएका छन्।

    नेपाली जनसम्पर्क समिति, इजरायलको चौथो अधिवेशनबाट २०२६–२०२९ का लागि बोगटी महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएका हुन्।

    Article inline ad #1
  • समितिले बोगटी नेपाली काङ्ग्रेसका केन्द्रिय सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यता,नेपाली काङ्ग्रेस केन्द्रिय प्रतिनिधि गुरुराज घिमिरेको विशिष्ट आतिथ्यता र निर्वाचन संयोजक खगेन्द्र प्रसाद खरेलको हस्ताक्षर भएको प्रमाणपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिईएको थियो ।

    Article inline ad #2

    कैलाली बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका सक्रिय युवा बोगटी हाल रोजगारीको सिलसिलामा इजरायलमा बस्दै आएका छन् ।

    महाधिवेशन प्रतिनिधिमा निर्वाचित पछि बोगटीले आफूलाई दिइएको जिम्मेवारीलाई मर्यादित ढंगले निर्वाह गर्दै आगामी दिनमा संस्थाको हित र उद्देश्यअनुसार सक्रिय भएर काम गर्ने बताएका छन्।

    निर्वाचित भएपछि उनले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6