Above Article Ad
  • अछाममा झोलुंगे पुल चुँडिँदा फसेका ९ खच्चरको उद्धार, २ को मृत्यु

    Above Article Content Ad
  • अछाम- अछाममा झोलुंगे पुल चुँडिँदा फसेका ९ खच्चरको उद्धार गरिएको छ । पुलमा फसेका खच्चरलाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको अछाम प्रहरीले बताएको छ ।

    अछामको पञ्चदेवल विनायक नगरपालिका-९ र दैलेखको आठबिस नगरपालिका-४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिँदा १३ वटा खच्चर पुलमा फसेका थिए । तीमध्ये ९ खच्चरको उद्धार गरिएको र २ खच्चर मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बाँकी २ खच्चरको उद्धार भइरहेको बताइएको छ ।

    Article inline ad #1
  • आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने उक्त पुलको एकातर्फको लठ्ठा चुँडिएको थियो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button