
पुनर्वासमा निर्माणाधिन चिस्यान केन्द्रमा आगजनी
पुनर्वास– कञ्चनपुरको पुनर्वासमा निर्माणाधिन चिस्यान केन्द्रको भवनमा आगजनी भएको छ ।
शनिबार राती साँढे ११ बजेतिर अज्ञात व्यक्तिले पुनर्वास सहकारी संस्थाको जमिनमा निर्माणाधिन चिस्यान केन्द्रको भित्र राखीएको सटरिङ्गमा आगजनी गरेको हो ।
आगजनी भएको तत्काले वरपरका छिमेकीहरुबाट थाहा भएपछि निर्माणाधिन चिस्यान केन्द्र ठुलो क्षति हुनबाट जोगिएको पुनर्वास सहकारीका जिल्ला प्रतिनिधि परशुराम बि.क.ले जानकारी दिए ।
उनका अनुसार राती बिधुत नभएका कारण भवनमा काम गर्ने कामदारहरु पनि त्यो दिन निर्माणाधिन भवनमा सुतिरहेका थिए । तर आगो कस्ले लगायो भन्ने विषय अज्ञात छ ।
घटनाका विषयमा पुनर्वास नगरपालिकाका योजना प्रमुख शंकर बोगटीले पुनर्वासीलाई विकास नचाहिने किसिमको अवस्था देखिएको कुरा सामाजिक सञ्चालमै प्रतिक्रिया दिएका छन् ।
आगजनीपछि स्थानीय र नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रण गरिएको छ । क्षति कस्ले ग¥यो भन्ने विषयमा प्रहरीको थप अनुसन्धान जारी रहेको बुझिएको छ ।
नगरपालिकाको झण्डै ९ करोड लागतमा जुगल विल्डर्स कम्पनी प्रा.लि.,काठमाडौंले निर्माणको जिम्मा पाएको थियो ।