Above Article Ad
  • पुनर्वासमा भारी मतका साथ नेपाली काङ्ग्रेसबाट मेयरमा शर्मा र उपमेयरमा राना विजयी

    Above Article Content Ad
  • पुनर्वास, जेठ ०९ । कञ्चनपुरकाे पुनर्वास नगरपालिकामा प्रतिस्पर्धीलाई भारी मतान्तरले हराउँदै प्रमुख र उपप्रमुख काँग्रेसले जितेकाे छ । नेपाली काँग्रेसबाट नगर प्रमुखका लागि ताेय प्रसाद शर्मा र उपप्रमुखमा भुलिया कुमारी रानाले भारी मतान्तरले बिजयी भएका हुन ।
    नेपाली काँग्रेस बाट नगर प्रमुख पदका उमेदवार ताेया प्रसाद शर्माले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार पदम बहादुर पुजारालाई ५,३३२ मतकाे फराकिलाे मतान्तरले हराउँदै बिजयी भएका छन । ताेया प्रसाद शर्माले १०,००६ मत प्राप्त गरेका छन भने एमालेका पदम पुजाराले ४,६७४ मत ल्याएका थिए । त्यसैगरी नेकपा एकिकृत समाजवादीका उमेदवार जीवन राज थापाले ३,७३४ मत पाएका थिए ।
    उप प्रमुखमा नेपाली काँग्रेसका उमेदवार भुलिया कुमारी रानाले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र बाट उमेदवार रहेका धाेखे रानालाई पराजित गर्दै नेपाली काँग्रेसकी भुलिया कुमारी राना बिजयी भएकी छिन । भुलियाले ७,३४५ मत प्राप्त गरिन भने धाेखेले ५,४९२ मत मात्र प्राप्त गरेका छन । त्यसैगरी एमालेका सुशीला खत्रीले ५,४०३ मत प्राप्त गरेकी छिन ।
    पुनर्वास नगरपालिकामा ३४,०३६ मतदाता रहेकाेमा २३,६०५ मत खसेकाे थियाे भने ६२२ मत बदर भएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button