Above Article Ad
  • गायक बद्री पंगेनी र गायिका हेमन्ता भट्टराईको नयाँ तीज गित “पति परमेश्वर” सार्वजनिक

    Above Article Content Ad
  • काठमाडौँ -तीज पर्वको मौलिकता र धार्मिक पक्षलाई विशेष महत्त्वमा राखेर तयार पारिएको ‘पति परमेश्वर’ गीत सार्वजनिक भएको छ।

    मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत आईतबार पुष्कर अवस्थीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

    Article inline ad #1
  • गायक बद्री पङ्गेनी र गायिका हेमन्ता भट्टराईको स्वरमा रहेको गीतले पार्वतीले भगवान् शिवको दीर्घायु तथा सुख–शान्तिको कामना गर्दै व्रत बसेको धार्मिक प्रसङ्गलाई सांगीतिक रूपमा प्रस्तुत गरेको छ।

    Article inline ad #2

    गीतमा श्रीमान्–श्रीमतीबीचको प्रेम र आपसी समझदारीसँगै परिवारमा समर्पण र सहकार्यको महत्त्वलाई देखाइएको छ।
    विक्रम चौहानको निर्देशन रहेको भिडियो भक्तपुरको गुन्डु मन्दिरमा छायाङ्कन गरिएको हो। भिडियोमा अविशेक खड्का, गीता ढुङ्गाना, पुष्कर अवस्थी र करुणा पाण्डेको अभिनय रहेको छ।

    गीतका शब्द तथा सङ्गीत हेमन्ता भट्टराईको हो भने विनोद बाजुरेलीले एरेन्ज गरेका छन्।
    गायिका भट्टराईले हरेक वर्ष तीजका अवसरमा मौलिक गीत प्रस्तुत गर्दै आएको र यस वर्ष पनि श्रोता तथा दर्शकले गीतलाई माया गर्ने विश्वास व्यक्त गरेकी छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6