Above Article Ad
  • चेन्नईमा नेपाली युवामाथि चक्कु प्रहार, आरोपित सम्पर्कविहीन

    Above Article Content Ad
  • चेन्नई । भारतको तमिलनाडुस्थित चेन्नईमा कञ्चनपुरका एक नेपाली युवामाथि चक्कु प्रहार भएको परिवारले जनाएको छ।

    पुनर्वास नगरपालिका–५ ‘ग’ गाउँका कमल थापामाथि चेन्नईको चन्दनपेट क्षेत्रमा चक्कु प्रहार भएको परिवारको भनाइ छ।

    Article inline ad #1
  • परिवारका अनुसार डोटीको सायल गाउँपालिका–६, काटलगाउँका सन्तोष कटवालले सँगै खाना खाने क्रममा कमलमाथि चक्कु प्रहार गरेका हुन्।

    Article inline ad #2

    चक्कु प्रहारबाट घाईते थापाको घाटी ,मुख, टाउकोमा गहिरो चोट लागेको र शरिरका अन्य भागमा पनि चोट लागेको दिदी भगवती खातीले जानकारी दिए ।

    कमल र सन्तोष दुवै चेन्नईमा नजिकै काम गर्दै आएका थिए। उनीहरूबीच आपसी चिनजान रहेकाले सँगै बसेर खाना खाने गरेको परिवारले जनाएको छ। केही दिनअघि उनीहरूबीच विवादसमेत भएको बताइएको छ।

    परिवारका अनुसार घटनापछि सन्तोष कटवाल सम्पर्कविहीन छन्। चक्कु प्रहारको वास्तविक कारण भने अझै स्पष्ट हुन सकेको छैन।

    घाईतेको नजिकैको अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको  जानकारी प्राप्त भएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6