Above Article Ad
  • उदयदेब बहुउद्देश्यीय सहकारी सस्थाको बेलौरी सेवा केन्द्रको २५ औ इकाइ गत साधारणसभा सम्पन्न

    Above Article Content Ad
  • बेलौरी। कञ्चनपुर जिल्लाको महेन्द्रनगर केन्द्रिय कार्यालय स्थापना गरि सञ्चालनमा आएको सस्था उदयदेब बहुउद्देश्यीय सहकारी सस्थाले मंगलबार बेलौरीमा २५ औ इकाइ गत साधारणसभा सम्पन्न भएको छ।

    कार्यक्रमको सभापतित्व उदयदेब बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष पुर्ण बहादुर चन्द , प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी , बिशिस्ट अतिथि बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष हिरा सिंह बिष्ट ,अतिथि ईलाका प्रहरी कार्यालय बेलौरीका प्रतिनिधि टेकबहादुर खडका ,बेलौरी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मि नारायण चौधरी लगायत सञ्चालन समिती उपाध्यक्ष नारा जोशी , सस्थाका कार्यकारी अधिकृत गणेश बहादुर चन्द, सस्थाका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो।
    साधारणसभाको स्वागत मन्तब्य सञ्चालक समितीका सदस्य चित्राङ्क थापाले गर्नु भएको थियो।

    Article inline ad #1
  • कार्यक्रमको आर्थिक बर्ष २०७९/०८० को आर्थिक प्रतिबेदन सस्थाका अध्यक्ष पुर्ण बहादुर चन्दले प्रस्तुत गर्दै सस्थामा आबद्ध भएका सेयर सदस्य मध्ये महिला सदस्य लाई सुत्केरी भत्ता सेयर सदस्य को मृत्यु पश्चात् प्रदान गरिने काजकिरिया खर्च लगायत ऋणि सेयर सदस्यको अभिवावकको मृत्युु भएमा कर्जा मिनाहा ,बिमा वापतको रकम सेयर सदस्यहरुमा कुनै जटिल प्रकृति को रोग लागी उपचारमा समेत सहयोग रकम हस्तान्तरण गर्दै आइरहेको र सस्थाले कृषि क्षेत्रका लागी मल , बीउ प्रशोधन केन्द्र ,राइसमिल सञ्चालन गरि बजार मुल्य भन्दा १० प्रतिशत मुल्यमा धान गहुँ खरिद गरिरहेको समेत उल्लेख गर्नुभयो ।निकट भबिस्यमा सेवा भएको ठाउँ बाटै डिपो सञ्चालन गरि बजार मुल्य भन्दा बढि रकममा धान गहुँ लगायत खाद्यान्न खरिद गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ।

    Article inline ad #2

    २०५६ साल बैशाख २१ गते तत्कालीन जिल्ला सहकारी कार्यालय महेन्द्रनगर कञ्चनपुर बाट विधिबत दर्ता भएको सस्था अहिले २४ बर्ष पूरा गरि २५ बर्षमा प्रवेश गरेको छ।सस्थाको सेयर पुजी २०८० असार मसान्तसम्म १८ करोड ८५ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको र आगामी ३ बर्षमा २५ करोड पुर्याउने लक्ष्य लिएको र हाल संस्थाले १ अर्ब ५३ करोड निक्षेप संकलन गरि १ अर्ब ५० करोड लगानी मा बाकी रहेको छ । संस्था को आ.ब. ०७९/०८० को कुल नाफा ६ करोड ५५ लाख रहेको थियो अध्यक्ष चन्दले बताउनुभयो । हाल सस्थाका जिल्लामा केन्द्रिय कार्यालय ५ वटा सेवा केन्द्र कैलालीको धनगढी र अत्तरिया ,डडेलधुरा र बैतडीमा गरि ९ वटा सेवा केन्द्रमा २३ हजार ५ सय ३८ जना सेयर सदस्य रहेका छन।सस्थाले हरेक बर्ष सेयर सदस्यहरु मध्ये बाट जेहन्दार बिद्यार्थीका कृषि तर्फको जेटिए अध्यायनका लाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ। बेलौरी सेवा केन्द्र अन्तर्गत इकागत साधारणसभामा सेयर सदस्य बाट जेष्ठ सदस्य बिस्ना भट्ट ,बाल बचत बिधामा सुनिता गिरि ,सदिच्छा ठगुन्ना र उत्कृष्ट ब्यवसायीमा सुम्मा चौधरी र टिकाराम लुहार लाई सम्मान गरेको छ। सस्थाले विभिन्न समयमा आफ्ना सेयर सदस्य लाई तालिम ,बेमौसमी तरकारी खेती सम्बन्धि ,पशुपालन सम्बन्धि नमकिन बनाउने तालिम समेत दिदै आइरहेको छ। कार्यक्रममा उपस्थिति हुने प्रमुख अतिथि ,बिशिस्ट अतिथी लगायत अतिथीहरु लाई सस्थाका अध्यक्ष द्वारा मायाको चिनो प्रदान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले सहकारी बाट
    ऋण लिइ आत्मनिर्भर भएको बताउदै सस्थाबाट कर्जा लिइसकेपछि कर्जा रकम तिर्नुपर्नेमा जोड दिनुभयो।बेलौरी नगरपालिकाले कृषि क्षेत्रमा पालिका भित्र रहेका तरकारी ,फलफुल उत्पादन गर्ने किसानहरुको आर्थिक स्तर माथी उकास्नका लागी कृषि एम्बुलेन्स खरिद गरि पालिका भित्र उत्पादन हुने कृषि उपज लाई धनगढी र महेन्द्रनगर पुर्याइ बिक्री बितरण सहज भएको बताउनुभयो । कार्यक्रममा बेलौरी सेवा केन्द्र अन्तर्गत विभिन्न केन्द्रका ३५० जनाको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण सस्थाका कार्यकारी अधिकृत गणेश बहादुर चन्द्ले गर्नुभएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by