प्राण घातक रोगबाट मृत्यु भएका पुनर्वासका पौडेललाई कुमारी बैंकको एक लाख मृत्युदाबी भुक्तानी
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-४ निवासी मृतक विष्णुदत्त पौडेलको परिवारलाई एक लाख मृत्युु दाबी भुक्तानी दिएको छ ।
मंगलबार कुमारी बैक लिमिटेड शाखा आइ.बि.आर.डी. शाखाले प्राण घातक रोगका कारण मृत्यु भएका पौडेलको परिवारलाई एकलाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
कुमारी परिवार सुरक्षा खाता योजना अन्तर्गत प्राण घातक रोगबाट मृत्यु भएका पौडेलको परिवारलाई सो रकम हस्तान्तरण गरेको शाखा प्रबन्धक कृष्ण राज जोशीले जानकारी दिनुभयो ।
२०७९ साल कार्तिक ५ गते कुमारी परिवार सुरक्षा बचत खाता खोलेका मृतक पौडेलको घरमै पुगी कुमारी बैंक लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संगिता शर्मा चटौत र शाखा प्रबन्धक कृष्णराज जोशी लगायतको टिमले मृतक पौडेलकी धर्मपत्नी कुमारी देवि पौडेललाई एक लाख हस्तान्तरण गरेको थियो ।
४ वर्ष देखि सञ्चालनमा आएको कुमारी परिवार सुरक्षा बचत खाता योजना निकै लाभदायक र यसमा खातावालाको मात्रै नभई उनको परिवारका ४ जना सदस्यहरुले १ लाख रुपैयाँ बराबरको वार्षिक रुपमा औषधी उपचार बिमा सुबिधा सहित एउटै बचत खाताबाट परिवारका कुल चार जना सदस्यले २६ लाख रुपैया सम्मको बिमा सुबिधा प्राप्त गर्ने सकिने कुरा कुमारी बैंक लिमिटेड आइ.बि.आर.डी. का शाखा प्रबन्धक जोशीले बताउनुभयो।