Above Article Ad
  • प्रहरीको हिरासतमा रहेका कार्कीको मृत्यु

    Above Article Content Ad
  • विराटनगर-इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका एक जना थुनुवाको मंगलबार बिहान मृत्यु भएको छ।

    प्रहरीका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका-४ घर भएका ६८ वर्षीय गोपाल कार्कीको मृत्यु भएको हो।

    Article inline ad #1
  • प्रहरी हिरासतमा बेहोस अवस्थामा फेला परेपछि कार्कीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। प्रतिष्ठान पुर्‍याउनसाथ बिहान करिब ४ बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ। कार्की भदौ ५ गतेदेखि बाल यौन दुरुपयोग मुद्दाका प्रहरी हिरासतमा थिए। मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेका बेला अचानक उनको मृत्यु भएको हो।

    Article inline ad #2

    सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले उपचारका क्रममा थुनुवाको मृत्यु भएको बताए। आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव परिवारलाई बुझाइने उनको भनाइ छ। कार्कीको मृत्युको कारण खुल्न बाँकी छ। शवलाई पोस्टमार्टमका लागि प्रतिष्ठानमै राखिएको छ।

    अनुसन्धानपछि मात्रै थुनुवाको मृत्युको कारण यकिन हुने डीएसपी खड्काले बताए। प्रहरी अनुसन्धानमै रहेका बेला ज्यान गुमाएका कार्की आफैं नेपाल प्रहरीका पूर्व हवल्दार रहेको बताइएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6