Above Article Ad
  • कञ्चनपुरमा अनुमति बिना उपचार र औषधि बिक्री गर्ने महिला पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुरः कञ्चनपुरमा अनुमति बिना उपचार र औषधि बिक्री गर्ने महिला पक्राउ परेकी छिन्।

    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका१ खैराडी टोलमा अनुमति नलिई अवैध रूपमा बिरामीको उपचार तथा औषधि बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खटिएको संयुक्त टोलीले सो कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र स्वास्थ्य कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले मंगलवार दिउँसो २ः४० बजेको समयमा स्थानीय ४० वर्षीया गिता सेठीको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको घरबाट ९९ हजार ४८५ मूल्य बराबरका विभिन्न औषधि र उपचारमा प्रयोग हुने उपकरणहरू फेला परेको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    बरामद गरिएका सम्पूर्ण औषधि तथा उपकरण कानुन बमोजिम जफत गरी गीता सेठीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले जानकारी दिए। नियन्त्रणमा लिइएकी सेठीमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी  रावतले बताए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6