Above Article Ad
  • थाइल्याण्डमा ठूलो वर्षा, अहिलेसम्म ३३ जनाको मृत्यु

    Above Article Content Ad
  • थाइल्याण्डमा भीषण वर्षापछि आएको बाढी पहिरोको घटनामा ३३ जनाको मृत्यु भएको छ।

    नोभेम्बर २१ देखि थाइल्याण्डका विभिन्न क्षेत्रमा भएको वर्षाका कारण हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

    तीमध्ये केहीको करेन्ट लागेर समेत मृत्यु भएको थियो।नोभेम्बर २१ मा थाइल्याण्डको हत याई  सहरमा एकैदिन ३३५ मिलिमिटर वर्षा भएको त्यहाँको मौसम पूर्वानुमान महाशाखालाई उद्धृत गरेर रोयटर्सले लेखेको छ।

    Article inline ad #1
  • यो एकै दिन भएको ३०० वर्ष यताकै ठूलो वर्षा रहेको भनेर पनि रोयटर्सले लेखेको छ।  वर्षापछि सोंख्ला प्रान्तका १६ वटा जिल्लालाई विपद क्षेत्र घोषणा गरी वस्ती खाली गर्न आदेश दिइएको छ। तीमध्ये ९ वटा जिल्लामा धैरै क्षति भएको बताइएको छ।

    Article inline ad #2

    बाढीका कारण सडकहरू बाँधिएका, घर–व्यवसाय, अस्पताल र विद्यालयसम्म जलमग्न भएका छन्। हात याई भित्र मूनग खालाले बगाएर पूर्वनिर्मित नाली र ढल प्रणालीमा पानी भरिएर सडक र वस्तीहरूमा पुगेको थियो।  बाढीले अस्पताल, सडक र बस्ती डुबाएपछि सरकारी र सैनिक उद्धार टोलीहरूले उद्धारमा जुटेका छन्।

    उद्धार कार्यका लागि २० वटा हेलिकोप्टर र २०० वटा डुङ्गा परिचालन गरिएको छ रोयटर्सले लेखेको छ। अस्पतालभित्र फसेका गम्भीर बिरामीहरुलाई निकाल्ने काम भइरहेको छ।   उद्धारका लागि थाइल्याण्डको नौसेनाले आफ्नो एकमात्रै युद्धपोत समेत राहत र उद्धार कार्यका लागि परिचालन गरिएको छ।

    अधिकारिहरूले बिरामी, गर्भवती, वृद्ध–बृद्धा तथा अन्य असहाय मानिसहरुको प्राथमिकतामा उद्धार गर्ने भनेका छन्। साथै, डुङ्गा रेस्क्युलाई भोजन, औषधि, पानी र अत्यावश्यक सामान पुर्‍याउन प्रयोग गरिरहेको छ।

    धेरै स्थानमा पानी १ देखि २ मिटरसम्म जमेको छ। केही ठाउँमा २.५ मिटरसम्म  उठिसकेको छ। जसले गर्दा सडक–नाली बन्द, बिजुली र सञ्चार अवरुद्ध, र जीवनदायिनी सेवाहरू ठप्प भएका छन्।  बाढीले पर्यटन, व्यापार र रबर उद्योग जस्ता स्थानीय अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याएको भनेर रोयटर्सले लेखेको छ। यसले प्रतिदिन अनुमानित १ देखि साढे १ अर्ब थाइ बाहतको घाटा देखिएको छ।

    सडक, पुल, घर–पसल, उद्योग र अन्य संरचनागत निर्माणहरुमा व्यापक क्षति पुगेको छ। साथै, बाढीपछिको पुनर्निर्माण र राहत खर्च अर्थतन्त्रमा बोझ बन्न सक्ने मोडमा पुगेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by