
सर्वत्र चर्चा कमाउने प्रहरी निरीक्षक हेमराज भट्ट फेरि उत्कृष्ट प्रहरीमा पुरस्कृत
सुदूरपश्चिम-सुदूरपश्चिममा कार्यरत उत्कृष्ट प्रहरी कर्मचारीहरू पुरस्कृत भएका छन्।
शुक्रबार ७० औ प्रहरी दिवसको अवसरमा संगठनले दिएको प्रहरी जिम्मेवारी कुशलपूर्वक निर्वाह गर्ने एसपी सहित २५ जना पुरस्कृत भएका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार एसपीद्वय रामप्रकाश शाह र प्रेमबहादुर शाही, डीएसपीद्वय निशान्त श्रीवास्तव र डा. पुनम पाठक, इन्सपेक्टरहरु हेमराज भट्ट, प्रकाश कार्की, राजन उप्रेती, अर्जुन सिंह साउद, वीर बहादुर पार्की र डा. नम्रता पण्डित लगायत २५ जना पुरस्कृत भएका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायक महानिरीक्षक ओम बहादुर राणाले उत्कृष्ट हुने प्रहरी सबैलाई पुरस्कार प्रदान गरेका थिए।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको कर्मचारी प्रशासन शाखामा कार्यरत प्रहरी निरीक्षक हेमराज भट्ट हरेक वर्ष उत्कृष्ट प्रहरीमा पुरस्कृत हुँदै आएका छन् ।
२०८० मा कञ्चनपुरको पुनर्वासमा रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा जिम्मेवारी सम्हालेको सुरुवातीमै एक युवतीको रहस्यमय मृत्युको घटनाको अनुसन्धान टुङ्ग्याए पछि चर्चा पाएका थिए।
पुनर्वासमा रहँदा वर्षौंदेखि मेलाहरूमा प्रहरीकै संरक्षणमा खुलेआम खेल्दै आईरहेका खडखडे जुवासँगै तस्करी नियन्त्रणमा उनको उल्लेख्य भूमिकाले पुनर्वासमै थप हलचल मच्चाएको थियो।
जिम्मेवारीमा निकै बफादार देखिने प्रहरी निरीक्षक भट्ट कञ्चनपुरको पुनर्वासमा रहँदा पहिलो महिनाकै उत्कृष्ट प्रहरी प्रमुखमा नगद सहित सम्मानित भएका थिए ।
प्रहरी निरीक्षक भट्टका यसअघिका विभिन्न कार्यालयहरु जिल्ला प्रहरी कार्यालय टिकापुर, वडा प्रहरी कार्यालय धनगढी,काठमाडौँको नयाँ बानेश्वरमा रहँदा पनि उनको कार्यशैलीप्रतिको चर्चा छुट्टै देखिन्छ ।
बुधबार नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको कार्यालय प्रमुखहरूको सरुवामा प्रहरी निरीक्षक भट्टको पनि जिल्ला प्रहरी कार्यालय दार्चुलाको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा भएको हो।
















https://shorturl.fm/fsWNR