
पुनर्वासमा तोकिएको भन्दा बढी भाडा लिने अटोलाई कारबाही
Above Article Content Ad
पुनर्वास -कञ्चनपुरको परासन डोकेबजारस्थित अस्थायी ट्राफिक प्रहरी पोस्टले तोकिएको भन्दा बढी भाडा असुल्ने अटो चालकलाई कारबाही गरेको छ।
आइतबार अस्थायी प्रहरी पोस्टका ट्राफिक प्रहरी जवान रमेश भट्टले अटोको उच्च भाडादर असुल्ने अटोलाई कारबाही गरेको हो।
Article inline ad #1
गोविन्द साउदको डोकेबजार देखि धनगढीतर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१ -००१ ६८६११ नम्बरको अटोले प्रति व्यक्ति २५ रूपैयाँ भाडादर तोकिएको भएपनि दुई जना यात्रुबाट ५ सय रुपैयाँ असुलेको पाइएपछि अस्थायी ट्राफिक प्रहरी पोस्ट परासनका प्रहरी जवान भट्टले चिट काटेका हुन्।
Article inline ad #2
अस्थायी ट्राफिक प्रहरी पोस्टका इन्चार्ज प्र.स.नी. रामसिंह भण्डारीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही गरिएको हो। यात्रुसँग तोकिएको भाडादरभन्दा बढी रकम नलिन अटो चालकलाई सचेत गराइएको उनले जानकारी दिए।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















