Above Article Ad
  • जुवातास खेलेको आरोपमा १२ जना पक्राउ

    Above Article Content Ad
  • काठमाडौं -जुवातास खेलेको आरोपमा काठमाडौं दुई फरक ठाउँबाट १२ जना पक्राउ परेका छन् ।

    काठमाडौं महानगरपालिका–१६ नागरिक बजारस्थित एक होटलबाट पाँच जना पक्राउ परेका छन् ।धादिङको गंगाजमुना गाउँपालिका–६ घर भएका ३१ वर्षीय राजु न्यौपानेको मामाभन्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    Article inline ad #1
  • प्रहरी बिट रानिवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १३५ रूपैयाँ र एक बुक तास सहित पक्राउ गरेको हो यसैगरी काठमाडौं महानगरपलिका–१६ माछापोखरी बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।

    Article inline ad #2

    सोही ठाउँ बस्ने झापा भद्रपुर नगरपालिका–१ घर भएकी ५२ वर्षीया लक्ष्मी तामाङ समेत सात जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ३०० रूपैयाँ र तीन बुक तास सहित पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6