Above Article Ad
  • कंचनपुरको पुनर्वासमा निर्वाचित उपमेयर भुलिया राना को हुन् ?

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका त्यस बेला साविक बाईसि विचवा, त्रिभुवनबस्ती, कालिका र पराशन गाविसमा विभाजन थियो ।

    पुनर्वास नगरपालिकाको नव निर्वाचित उपमेयर भुलिया राना साविक बाईसि बिचवा गाविस तथा हालको पुनर्वास नगरपालिका–१० विकास बस्तीमा एक सामान्य किसानी परिवारमा जन्मिएकी हुन् ।

    Article inline ad #1
  • उनी वि.स. २०४६ साल माघ १५ गते बुवा रमेश राना र आमा बसन्ती रानाकी साईली छोरीको रुपमा जन्मिएकी हुन्। सामान्य घरपरिवारमा जन्मिएकी उपमेयर राना घरायसी अनेकौं समस्यालाई झेल्दै आफू निरन्तर लक्ष्य प्राप्तीको कसरतमै थिईन ।

    Article inline ad #2

    उपमेयर रानाले पुनर्वास नगरपालिका–१० स्थित विजय माध्यमिक बिद्यालयमा कक्षा ८ सम्म अध्ययन गरिन , माध्यमिक शिक्षा उनले धनगढीको बैयाबेहडीमा रहेको शारदा माध्यमिक बिधालयबाट पूरा गर्दै सुदुरपश्चिमान्चल क्याम्पसबाट शिक्षा संकाय अन्तर्गत स्नातकोत्तर सम्म गरेकी छिन् ।

    अध्ययनकै क्रममा एसपीए क्याम्पसबाट नेविसंघको सदस्य भई राजनीति सुरुवात गरेकी राना पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत भैसकेकी छन । उनी महिला संघ, सुदुरपश्चिम प्रदेश कमिटी निर्बाचित सदस्य र सुदुरपश्चिम साहित्य समाजको सदस्य समेत हुन् ।

    स्थानीय स्तरमै महिला सशक्तिकरणका सवालमा आफुलाई अब्बल तुल्याउदै रानाथारु समुदायका महिला तथा त्यहाँका विभिन्न सवालहरुमा नेतृत्व गर्दै अघि बढेकी राना राजनीतिसँगै ब्यवसायमा पनि आफुलाई अघि बढाउदै आएकी थिईन ।

    बि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा हार बेहोरेकि रानाले आफू र पार्टीलाई सशक्त बनाउदै जनताका हरेक सवालहरुमा आफु प्रत्यक्ष सहभागी गराउदै काम गरेकाले पनि मतदाताहरुले आफुलाई मत दिएर जिताएको उनको भनाई छ ।
    उपमेयर रानाले ७ हजार ३ सय ४५ मत प्राप्त गरिन भने प्रतिद्वोन्दी नेकपा माओवादीका धोखे रानाले ५ हजार ४ सय ९२ मत मात्र प्राप्त गरेका थिए । त्यस्तै एमालेकी सुशीला खत्रीले ५ हजार ४ सय ३ मत प्राप्त गरेकी थिईन ।

    उनले नगरको बिकासमा आफू कहिल्यै पछि नहट्ने बताउदै, दृढ संकल्पका साथ उम्मेद्बारी दिएर जिताएकोमा नगरबासीहरुमा आभार प्रकटसंगै धन्यवाद व्यक्त गरेकी छन।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button