
सुनचाँदीको मूल्य वृद्धि
Above Article Content Ad
काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु एक हजार र चाँदी रु ५० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३६० कायम भएको छ।
Article inline ad #1
हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ३१० मा कारोबार भएको थियो। गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३२० कायम भएको थियो।
Article inline ad #2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७० र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















