Above Article Ad
  • सुदूरपश्चिममा विपद्का ३ सय २७ घटनामा सात करोड ५० लाखको क्षति, १६ जनाको मृत्यु

    Above Article Content Ad
  • धनगढी- सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपदबाट सात करोड ५० लाख मूल्यको धनमाल नष्ट भएको अनुमान गरिएको छ।

    चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म प्राकृतिक विपद्का ३ सय २७ घटनाबाट सात करोड ५० लाख २० हजार एक सय मूल्यको धनमाल नष्ट भएको हो। सुदूरपश्चिममा चालु आर्थिक वर्षको पाँच महिनामा आगलागीको सबैभन्दा धेरै घटना घटेका छन्।

    Article inline ad #1
  • पाँच महिनाको अवधिमा ९२ वटा आगलागीका घट्ना भएका छन्। आगलागीबाट २ महिलाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन्। आगलागीबाट सात करोड २३ लाख ४८ हजार मूल्यको धनमाल जलेर नष्ट भएको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ।

    Article inline ad #2

    यसै अवधिमा ४४ वटा भारी वर्षा भएका छन्। भारी वर्षाबाट ४ जना घाईते भएका छन् भने २ महिलाको मृत्यु भएको छ। भारी वर्षाले गर्दा ५३ परिवार प्रभावित भएका छन्। भारी वर्षाकारण २२ लाख ८० हजारको क्षति भएको केन्द्रले संकलन गरेको विवरणमा उल्लेख छ।

    यस अवधिमा ८६ वटा सर्पदंशका घटना भएका छन्। सर्पदंशबाट ५ जना पुरुष र ३ महिला गरी जम्मा ८ जनाको मृत्यु भएको छ। ११ वटा बढीको घटनाबाट २ जनाको मृत्यु भएको छ। बढीबाट ३३१ प्रिवार प्रभावित भएका छन्। बढीका कारण ७० पशुचौपायामा क्षति पुगेको छ।

    जनावर आतङ्कबाट ५६ घटना घटेका छन्। यस घटनाबाट एक पुरुष र एक महिला गरी २ जनाको मृत्यु भएको छ। पाँच महिनाको अवधिमा २३ पहिरोको घटनाबाट २७ परिवार प्रभावित भएका छन् भने २० पशुचौपायामा क्षति पुगेको विवरणमा उल्लेख छ। सो अवधिमा ८ वटा चट्याङका घटना घटेका छन्। यस्तै हावाहुरीको ४ घटनाबाट ८० हजारको क्षति भएको छ। पाँच महिनाको अवधिमा २ वटा लेक लाग्नु र १ वटा जङ्गल आगलागीका घटना भएको केन्द्रले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by