Above Article Ad
  • पुनर्वास नगरपालिकाका राजश्व शाखा प्रमुख खड्काको बिदाई

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिकाको राजस्व शाखा प्रमुख को रुपमा कार्यरत कर्मचारी मान बहादुर खड्काको बिदाई गरिएको छ ।

    ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकास हुनुभएका खड्काको नगरपालिकाबाट शुक्रबार बिदाई गरिएको हो ।

    Article inline ad #1
  • खड्का २०५३ साउन २१ गते तत्कालीन त्रिभुवनबस्ती गाउँ विकास समिति, कञ्चनपुरबाट अस्थायी सेवामा प्रवेश गरेका थिए। त्यस्तै, उनले २०५८ चैत १२ गते सहायक तृतीय स्तर (सहायक लेखापाल) मा स्थायी नियुक्ति प्राप्त गरे । त्यसैगरी, २०६३ साल कार्तिक १ गते सहायक स्तर चौथो तह (सामान्य प्रशासन),२०८२ असार २४ गते सहायक पाँचौँ तहमा बढुवा भई हालसम्म पुनर्वास नगरपालिकामै कार्यरत थिए।

    Article inline ad #2

    उक्त बिदाई कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा, नगर उपप्रमुख भुलिया कुमारी राना, प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरी लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

     

    खड्काको इमान्दारिता अनुशासित र जिम्मेवार कार्यशैलीको प्रशंसा गर्दै सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा वक्ताहरूले उनको लामो सार्वजनिक सेवाले स्थानीय प्रशासनलाई महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै अवकाशपछिको जीवन सुख, स्वास्थ्य र सफलताले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6