Above Article Ad
  • सुदूरपश्चिम प्रदेश सरकार विषादी व्यवस्थापन ऐन ल्याउने तयारी

    Above Article Content Ad
  • धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले जीवनाशक विषादी व्यवस्थापन ऐन ल्याउने तयारी गरेको छ।

    जीवनाशक विषादीको बिक्रीवितरण, भण्डारण र व्यावसायिक प्रयोगको नियमन गरी मानव तथा जीवजन्तुको स्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल प्रभाव नियन्त्रण गर्न आवश्यक व्यवस्था गर्ने उद्देश्यले सरकारले ऐन ल्याउन लागेको हो। यो ऐन बनाएर प्रदेशमा विषादी छर्कने व्यवसायीलाई इजाजत दिने, नवीकरण गर्ने जस्ता कार्यलाई व्यवस्थित बनाइने जनाइएको छ।

    Article inline ad #1
  • जीवनाशक विषादी व्यवस्थापन ऐन बनाउन प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गरिसकेको छ। पछिल्लो समय रासायनिक मल र जीवनाशक विषादीको कृषिमा बढ्दो प्रयोगका कारण मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले बताए। यसलाई निरुत्साहित गर्न आवश्यक रहेको उनको भनाइ थियो।

    Article inline ad #2

    यो ऐन बनेमा कुनै पनि व्यक्ति, संस्था वा निकायले कुनै जीवनाशक विषादी तथा त्यस्तो विषादीको सक्रिय तत्वसमेतको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्रीवितरण, ओसारपसार, प्याकिङ गर्नुपूर्व पञ्जीकरण सङ्घीय ऐनबमोजिम गराउनुपर्ने छ। पञ्जीकरण वा पुनः पञ्जीकरण गरिएका जीवनाशक विषादीको बिक्रीवितरण, भण्डारण, व्यावसायिक प्रयोग तथा जीवनाशक विषादी छर्कने व्यवसाय गर्न चाहने व्यक्ति, संस्था वा निकायले समितिको निर्णयबमोजिम प्रयोगशालाबाट इजाजतपत्र लिनुपर्ने विधेयकमा उल्लेख छ

    इजाजतपत्र प्रदान गर्दा तोकिएको सर्त उल्लङ्घन गरेमा समितिले त्यस्तो इजाजतपत्र जुनसुकै समयमा खारेज गर्न सक्ने जनाइएको छ। इजाजतपत्र दिने, नवीकरण गर्ने र सो कार्यको अनुगमन गर्ने, मन्त्रालयबाट तोकिएको मापदण्ड पालना गर्न लगाउनेलगायतका विषादीसम्बन्धी कार्य गर्न मन्त्रालयका सचिवको अध्यक्षतामा प्रदेश जीवनाशक विषादी व्यवस्थापन समिति रहने छ। समितिले जीवनाशक विषादीसम्बन्धी नीति तर्जुमा गरी प्रदेश सरकारसमक्ष पेस गर्ने, जैविक, वनस्पतिजन्य तथा सुरक्षित रासायनिक विषादी उद्योगमा लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नेलगायतका कार्य गर्ने जनाइएको छ।

    जीवनाशक विषादीको प्रयोग तथा व्यवस्थापन सङ्घीय ऐन अनुसार हुने जनाइएको छ। विषादी प्रयोग तथा व्यवस्थापनका लागि कृषि विज्ञानमा स्नातक वा सो सरहको निरीक्षक नियुक्त गर्ने विधेयकमा उल्लेख छ। जीवनाशक विषादीको गुणस्तर तथा अनुसन्धानात्मक परीक्षणलगायतका कार्य बाली संरक्षण प्रयोगशालाबाट गरिने जनाइएको छ। प्रयोगशालाले जीवनाशक विषादीको गुणस्तर परीक्षण गर्ने प्रयोजनका लागि नमुना सङ्कलन गर्ने छ। प्रदेशभित्र जीवनाशक विषादीको बिक्रीवितरण, भण्डारण, व्यावसायिक प्रयोगकर्ता र थोक तथा खुद्रा बिक्रेताले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी व्यवस्था तोकिएबमोजिम हुने विधेयकमा उल्लेख छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by