Above Article Ad
  • बैतडीको शान्तिसुरक्षाबारे गृहमन्त्री लेखकद्वारा जानकारी

    Above Article Content Ad
  • बैतडीः गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षाका बारेमा जानकारी लिनुभएको छ।

    आज बिहान खोड्पे प्रहरी चौकीको निरीक्षण गर्दै उनले जिल्लाको शान्तिसुरक्षाका बारेमा जानकारी लिए। गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्तिसुरक्षाका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिए। प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उनले भने “खोड्पे प्रहरी चौकीको निरीक्षणका क्रममा गृहमन्त्रीज्यूले जिल्लाको समग्र शान्तिसुरक्षा र विपद्को विषय जानकारी लिए।

    Article inline ad #1
  • साथै आवश्यक निर्देशन समेत दिए। शान्तिसुरक्षा, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रणलगायत विषयमा गृहमन्त्री लेखकले निर्देशन दिए। गृहमन्त्री लेखक बैतडीपश्चात् बझाङका लागि प्रस्थान गर्नुभएको छ। बझाङमा भूकम्पबाट पीडितका लागि आवास पुनर्निर्माणका लागि अस्थायी कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको गृहमन्त्री लेखकका स्वकीय सचिव जनकराज भट्टले जानकारी दिए।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by