Above Article Ad
  • कंचनपुरको प्याराताल पर्यटकहरुको आकर्षण बढाउन सिंगारिदै

    Above Article Content Ad
  • कञ्चनपुर – कञ्चनपुरको पुनर्वास स्थित सदावहार जलाशय प्यारा तालको पर्यटन बिकासका लागि नागरिक स्तरबाट अभियान सुरु गरिए पछि ताल परिसरमा आन्तरिक पर्यटकहरुको आकर्षणका लागि सिंगार्ने काम सुरु भएको छ ।

    सरकारी सरोकारवाला निकायको नजरबाट सधैं ओझेलमा पर्दै आएको प्यारा तालको जैविक पहिचानलाई उजागर गर्दै अहिले ताल परिसरमा पर्यटकहरुलाई आकर्षण गर्न धमाधम संरचनाहरु निर्माण गरिएको छ ।

    Article inline ad #1
  • नेपाल -भारत सीमा नजिक रहेको प्यारा तालको पर्यटन बिकासका लागि सुरु गरिएको अभियानमा नागरिकहरुको स्वस्फुर्त सहयोगले हाल सम्म ताल परिसरमा सेल्फी स्पट , माछाको प्रतिमा , कछुवाको प्रतिमा , दुर्लभ जलचर ओदको प्रतिमा तयार पारि अवलोकनका लागि ताल परिसरमा राखिएको कञ्चनपुरका पत्रकार तथा अभियानका संयोजक दीपेन्द्र बस्नेतले जनाउनु भयो ।

    Article inline ad #2

    प्यारा तालको जैविक पहिचानलाई उजागर गर्दै पर्यटन बिकास गर्न ताल परिसरमा सजाउन गोही , मयुरको प्रतिमा , वाटर फाउन्टेन र झुला निर्माणको काम चालू रहेको अभियानका संयोजक बस्नेतले बताउनु भयो ।

    बिश्वमै दुर्लभ मानिएको जलचर ओद Otter , सुन गोहोरो , दुर्लभ मानिएको पहेँलो धुरे कछुवा लगायतका जलचर प्राणीहरुको मुख्य वासस्थानका रुपमा प्यारा ताल रहेको छ । जैविक हिसाबले सुदूरपश्चिमकै उत्कृष्ट जलाशय हुँदाहुँदै , सरसफाइ , बिकास निर्माण र प्रचारप्रसारको कमिले ताल ओझेलमा पर्दै आएको थियो ।

    तालमा पर्यटन बिकास र प्रचारप्रसारका लागि सम्बन्धित सरोकारवाला निकायहरुले बेवास्था गर्दै आए पछि नागरिक स्तरबाट स्वस्फुर्त अभियान सुरु गरिएको प्यारा तालको पर्यटन बिकासको नागरिक अभियानका सचिव प्रेम प्रसाद जैसीले बताउनु भयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button