Above Article Ad
  • अवकास पछि रुँदै बिदा भए चन्द्रवाल आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णहरि पण्डित

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिका–५ स्थित श्री चन्द्रवाल आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णहरि पण्डित अवकास भएपछी विद्यालयले बिदाई गरेको छ ।

    आइतबार एक विशेष समारोहका बीच विद्यालयले अवकाश हुनुभएका प्रधानाध्यापक पण्डितलाई बिदाई गरेको हो।

    Article inline ad #1
  • कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले बिदाइ हुन लागेका प्रध्यानापकले विद्यालयको शैक्षिक विकास, विद्यार्थीको सिकाइ र अनुशासन कायम गर्न पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

    Article inline ad #2

    वि.सं. २०४५ माघ १८ गते विद्यालय स्थापनासँगै शिक्षण सेवामा प्रवेश गरेका पण्डितले २०८३ जेठ १६ गते अनिवार्य अवकाश प्राप्त गर्नु भयो। कार्यक्रममा बोल्नुहुँदै सेवानिवृत्त प्रधानाध्यापक पण्डितले आफ्नो जीवनका महत्वपूर्ण ३७ वर्ष विद्यालय, विद्यार्थी र शिक्षाको सेवामा बिताउन पाएकोमा गर्व व्यक्त गर्दै आफूलाई साथ, सहयोग र हौसला दिने सबैप्रति भावुक हुँदै आभार प्रकट व्यक्त गर्नुभएको थियो।

     

    त्यस्तै, कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थीहरू र अभिभावकहरूले खादा, मायाको चिनो तथा सम्मानपत्र प्रदान गर्दै आगामी अवकास जीवन सुखद रहोस भन्ने शुभकामना व्यक्त गरेका थिए।

    विदाई कार्यक्रममा अवकाश हुनुभएका प्रधानाध्यापक पण्डितको अ अबिरले रंगिएको थियो । शरीर मालाले ढाकिएको थियो । स-साना देखि तन्नेरी विद्यार्थीहरु हातमा भएको फूलमाला पहिर्‍याई भावुक बन्दै डाको छाडेर रोएका थिए ।

    नामजस्तै कर्म रह्यो, उनको । जीवनको बहुमूल्य समय उनले आफू उदाहरणीय बनेर विद्यार्थीहरूलाई असल मानिस बनाउन प्रेरित गरिरहे । त्यसैले बिदाइको समयमा उनीसँगै सहकर्मी शिक्षक र विद्यार्थी भक्कानिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6