Above Article Ad
  • शिवशक्ति दुग्ध सहकारीद्वारा कृषकलाई प्रतिलिटर एक रुपैयाँ अनुदान

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-८ स्थित शिवशक्ति दुग्ध सहकारी संस्था लिमिटेडले कृषकलाई प्रतिलिटर एक रुपैयाँ अनुदान रकम वितरण गरेको छ ।

    शनिबार पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यमा सहकारीमा आवद्ध १ सय २० जना कृषकलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान रकम वितरण गरेको हो ।

    Article inline ad #1
  • प्रमुख अतिथि मेयर शर्माले सरकारले दिने प्रतिलिटर एक रुपैयाँ अनुदानले कृषकलाई केहि राहत हुने बताए ।

    Article inline ad #2

    उनले आगामी दिनमा यस मुल्यलाई वृद्धि गर्दै लैजानुपर्ने र कृषकमुखी कार्यक्रमलाई नगरले पनि प्राथमिकता दिएको जानकारी दिए ।

    पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय, दिपायल डोटीले संस्थालाई आर्थिक वर्ष २०७७/०७८ को दुध खरिदमा दिएको प्रतिलिटर एक रुपैयाँ अनुदान दुध कृषकलाई वितरण गरेको संस्थाका व्यवस्थापक पुष्पराज ओझाले बताए ।

    सहकारीका अध्यक्ष चक्रप्रसाद ओझाको सभाध्यक्षमा भएको कार्यक्रममा बिशिष्ट अतिथिमा पुनर्वास ८ का वडा अध्यक्ष राना श्रवण रहेका थिए । त्यस्तै अतिथिमा कार्यपालिका सदस्य बल बहादुर बिक र वडा सदस्य दिपेश मल्ल आसिन थिए ।

    संस्थाकी उपाध्यक्ष गंगा केसीकाे स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमलाई सञ्चालन सहकारीका व्यवस्थापक पुष्पराज ओझाले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button