Above Article Ad
  • पुनर्वासमा बाल दिवसको अवसरमा अखिल क्रान्तिकारीद्वारा मार्चपास कार्यक्रम

    Above Article Content Ad
  • पुनर्वास /पुनर्वासमा अखिल क्रान्तिकारीले मार्चपास कार्यक्रम सम्पन्न गरेको छ ।अखिल क्रान्तिकारी जनता बहुमुखी क्याम्पस त्रिभुवन बस्तीले ५८ औं बाल दिवसको अवसर पारी सो कार्यक्रमको आयोजना गरेको थियोे ।
    मार्चपास कार्यक्रममा पुनर्वास नगरपालिकाका छ ओटै माध्यमिक विद्यालयका ११ र १२ कक्षाका विद्यार्थीहरुको सहभागीता थियो ।
    मार्चपास आईबिआरडीको हाटबजारबाट सुरु भई ईलाका प्रशासन कार्यालय त्रिभुवन बस्तीको प्राङ्गणमा पुगी कोणसभामा परिणत भएको थियोे । मार्चपासमा विद्यार्थीहरुले
    बाल शोषण अन्त्य गर, मावि तहसम्म नि:शुल्क शिक्षा लागु गर, बालापनकाे रक्षा, भविष्यकाे सुनिश्चितता,
    शैक्षिक माफीयाहरु होशियार,
    अखिल क्रान्तिकारी जिन्दावाद जस्ता नारा लगाएका थिए ।
    कोणसभामा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य यादव सिंह प्रमुख अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै केन्द्रिय सदस्य सिंहले देशमा अन्याय, अत्याचार र असमानता हटाउन सम्पूर्ण विद्यार्थीहरु अखिल क्रान्तिकारीको झण्डा मुनि गोलबन्द हुनुपर्ने विचार राखेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button