Above Article Ad
  • कैलालीमा लागुऔषध र आत्महत्याको डरलाग्दो अवस्था

    Above Article Content Ad
  • धनगढी – कैलालीमा लागुऔषध र आत्महत्या घटनाको आँकडा डरलाग्दो देखिएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले यस्तो घटना धेरै घटिरहेको देखाएको हो ।

    सो कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाख महिनामा मात्रै यस्ता घटना धेरै घटेको छ । एक महिनामा लागुऔषध मुद्दामा दुई महिलासहित ९८ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    Article inline ad #1
  • उनीहरूको साथबाट प्रहरीले ८१ ग्राम ६४० मिलिग्राम खैरो हेरोइनसहित अन्य लागुऔषध बरामद गरेको छ । एक महिनामा लागुऔषध सम्बन्धी ५८ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

    Article inline ad #2

    यसैगरी, दुई बालक र चार बालिकासहित एक महिनामा २६ जनाले आत्महत्या गरेको जनाइएको छ । आत्महत्या गर्ने अरूमा १४ महिला र छ जना पुरुष छन् । २५ जनाले झुण्डिएर र एक जनाले विष खाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6