Above Article Ad
  • गौरीफन्टामा तस्करीको सामानसहित दुई नेपाली महिला पक्राउ

    Above Article Content Ad
  • धनगढी-तस्करीको सामानसहित गौरीफन्टा नाकमा दुई नेपाली महिला पक्राउ परेका छन्। गौरीफन्टा पुलिसले ५८ हजार भारती रुपैयाँ बराबर सामानसहित धनगढी-२ की भावना चौधरी र पुष्पा भट्टलाई मङ्गलवार पक्राउ गरेको हो।

    गौरीफन्टा पुलिसले सार्वजनिक गरेको सूचनाअनुसार पुलिसले चलाएको “कवच योजना अन्तर्गत नेपाल-भारत सीमाबाट हुने तस्करीमा संलग्न चौधरी र भट्टलाई सामान सहित नियन्त्रणमा लिएको उल्लेख छ।

    Article inline ad #1
  • उनीहरूलाई पुलिस चेकजाँचका क्रममा गौरीफन्टा नाकाबाट करिब ८ सय मिटरको दुरीमा रहेको नाला छेउबाट पक्राउ गरिएको हो

    Article inline ad #2

    पुलिसले उनीहरूको साथबाट तस्करी गरेर नेपाल भित्र्याउन लागिएको ११७ पिस लेडिज सुट तथा एक सयवटा डाटा केवल बरामद गरेको हो।

    भारत–नेपाल सीमा क्षेत्रमा अवैध तस्करी नियन्त्रणका लागि सञ्चालन भइरहेको ‘कवच योजना’ अन्तर्गत खीरी प्रहरी र गौरीफन्टा प्रहरीले संयुक्त कारबाही गर्दै सोमवार पनि कपडा तस्करीमा संलग्न एक नेपाली महिलालाई पक्राउ गरेको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6