Above Article Ad
  • सुदूरपश्चिममा एक महिनाको अवधिमा १९३ सवारी दुर्घटना, १४ जनाको मृत्यु

    Above Article Content Ad
  • धनगढी- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको वैशाख महिनाको विवरण अनुसार एक महिनाको अवधिमा १९३ सवारी दुर्घटना भएका छन्।

    जसमा १४ जनाको मृत्यु भएको छ भने ३१६ जना घाइते भएका छन्। प्रहरीले दुर्घटनाको कारणमा भने चालकको त्रुटि प्रमुख रहेको जनाएको छ।

    Article inline ad #1
  • १९३ सवारी दुर्घटनामा चालकका कारणले १८२, मापसे सेवनका कारणले ३, सवारी साधनको कारणले १, यात्रुको कारणले २, सडकको अवस्थाका कारणले १ र चौपायाका कारणले ४ दुर्घटना भएका छन्। प्रहरीले सो अवधिमा ३ हजार ४२४ सवारी साधनलाई कारबाही गरेको जनाएको छ। जसबाट २८ लाख ७४ हजार ५ सय राजश्व सङ्कलन गरिएको प्रहरी नायव उपरीक्षक पालले बताए।

    Article inline ad #2

    सो अवधिमा विपदमा परेर पनि ११ जनाले ज्यान गुमाएका छन्। ९३ वटा विपद्का घटना भएकोमा २२ जना घाइते भएको र ८१ लाख ३२ हजार बराबरको क्षति भएको प्रहरी विवरणमा उल्लेख छ। विपद् अन्र्तगत जङ्गली जनावरको आक्रमण, आगलागी, पानीमा डुबेर, सर्पले डसेर, करेन्ट लागेर र लडेर भएका घटना समावेश छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6