
पुनर्वासमा एड्भान्स ब्युटि पार्लर तालिम सम्पन्न
कञ्चनपुरको पुनर्वासमा एड्भान्स ब्युटि पार्लर तालिम सम्पन्न भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रम अन्तर्गत महिलाहरुका लागि ४० दिने एड्भान्स ब्युटि पार्लर तालिम आयोजना गरेको हो ।
बिहिबार पुनर्वास नगरपालिका–४ को सभाहलमा समापन भएको कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा प्रमुख अतिथीमा हुनुहुन्थ्यो । वडाध्यक्ष मनोज जैशीको सभाध्यक्ष रहेको उक्त कार्यक्रममा कार्यपालिका सदस्य शर्मिला श्रेष्ठ,वडासदस्य रेवतीरमण घिमिरे,विष्णु नेपाली , प्रशिक्षक पुजा रावल रहनुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख शर्माले सिप सिक्ने मात्रै हैन,यसको सहि सदुपयोग गरी आफुलाई आत्म निर्भर बनाउन सके मात्रै तालिमको उपलब्धी हुने बताउनुभयो ।
उहाँले महिलाका लागि थुप्रै कार्यक्रम नगरले आयोजना गरिरहेको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखी महिलाहरुलाई आत्म निर्भर बनाउनमा नगरपालिका लागि परेको जानकारी दिनुभयो ।
कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई सहजीकरण नगरपालिकाका उद्यम विकास सहजकर्ता बिमला चौधरी र सुजाता तिमिल्सेनाले गर्नुभएको थियो । भने प्रशिक्षण पुजा रावलले गर्नुभएको थियो ।


















