पुनर्वास–९ मा सार्वजनिक सुनुवाई सम्पन्न, बिकास निर्माणमा जोड दिन स्थानीयको माग
पुनर्वास
कञ्चनपुरको पुनर्वास नगरपालिकाका जनप्रतिनिधिहरुले कार्यभार समालेको बिहिवार एक बर्ष पुरा भएको छ । स्थानिय तह निर्वाचन २०७९ को यो एक बर्ष भित्रमा के – के गर्न सकियो के – के गर्न सकिएन भन्दै पुनर्वास–९ को वडा कार्यालयले सार्वजनीक सुनवाइ गरेको छ ।
सार्वजनीक सुनवाई कार्यक्रममा बोल्दै पुनर्वास–९ वडा अध्यक्ष नर बहादुर बि.क.ले आफूले चुनावका बेला बोलेका वाचाहरूलाई प्राथमिकतामा राख्दै अघि बढेको बताउनुभयो । उहाँले चालु आर्थीक बर्ष २०७९÷८० मा वडामा भएका कामहरु प्रस्तुत गर्नुभएको थियो । पुनर्वास–९ मा चालु आर्थिक वर्ष २०७९÷८० मा वडास्तरबाट गर्नुपर्ने २६ योजना मध्ये १५ वटा सम्पन्न भैसकेको सार्वजनीक सुनवाई मार्फत जानकारी दिनुभयो । यस्तै २६ योजना मध्ये ७ वटा योजनाको काम हालसम्म चलिरहेको र ३ वटा योजनाको काम बाँकी रहेको समेत जानकारी दिनुभयो ।
यस्तै वडामा नगरले गर्नुपर्ने एघारौं र बाहैै नगर सभाबाट विनियोजीत सवै कामको प्रकृया अघि बढेपनी काम सम्पन्न नभएको जानकारी दिनुभयो । पुनर्वास–९ मा एघारौं र बाहैै नगर सभाबाट १० वटा योजना परेको समते वडा अध्यक्ष बि.क.ले बताउनुभयो । पुनर्वास–९ मा संघिय सरकार मार्फत दोदा नदीमा तटबन्धनको एउटा मात्रै योजना रहेको र सो कामको ठेक्का प्रकृयामा रहेको जानकारी दिनुभयो । यस्तै प्रदेश मार्फत ६ वटा योजना परेपनी ३ वटा योजना सम्पन्न भएको र बाँकी ३ वटा योजना प्रकृयामा रहेको सार्वजनीक सुनवाई मार्फत प्रस्तुत गरीएको थियो ।
चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्म १ हजार ७५ जनाले वडाबाट सामाजीक सुरक्षा भत्ता लिदै आएको पुनर्वास–९ का वडासचिब हिरालाल ओझाले जानकारी दिनुभयो । जेष्ठ नागरीक भत्ता (अन्य) ३ सय ६६ जना, जेष्ठ नागरीक भत्ता (दलित) १ सय ४४ जना, जेष्ठ नागरीक भत्ता (एकल महिला) ५४ जनाले भत्ता बुझदै आएको उहाँले जानकारी दिनुभयो । यस्तै एकल महिला १ सय २९ जना, पुर्ण अपाङ्गता भत्ता १५ जना, अति अशक्त अपाङ्गता भत्ता ४९ जना र दलित बालबालीका भत्ता ३ सय १८ जनाले लिदै आएको उहाँले बताउनुभयो ।
यस्तै पुनर्वास–९ को वडा कार्यालयमा चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्ममा २ सय ६९ जन्मदर्ता, ३७ मृत्युदर्ता, ८४ बिवाहदर्ता, ७८ बसाइसराइ र सम्बन्ध विच्छेदका ३ ओटा घटना दर्ता भएको वडा सचिब ओझाले बताउनुभयो । यस्तै विभिन्न खालका सिफारीस १ हजार ५ सय ७५, नागरीक्ता सिफारीस ४ सय ५३ र नाता प्रमाणीतको ७ सिफारीस गरीएको उहाँले जानकारी दिनुभयो ।
सार्वजनीक सुनवाई कार्यक्रममा वडा भित्र सञ्चालीत बिद्यालय, स्वास्थ्य संस्थाहरुको प्रगती विबरण समेत प्रस्तुत गरीएको थियो । कार्यक्रमा सहभागीहरुले वडाको विकास निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन, सुरक्षाका विषयमा समेत आ–आफ्ना बिचार प्रस्तुत गरेका थिए । उनिहरुले वडाको विकासका लागी आवश्यक वजेट पालिका, प्रदेश र संघ सरकार मार्फत माग गर्न सुझाब दिएका छन् । सहभागीहरुले आर्थिक बर्ष ०८०÷०८१ को वजेटमा यसबर्ष छुटेका योजना समाबेस गर्न, जनताको मनोभाव बुजेर टोल मर्फत योजना संकलन गर्न सुझाव दिएका छन् ।