
कैलाली-कञ्चनपुरबाट ३ लाख बढीको अवैध सामान बरामद
Above Article Content Ad
अत्तरिया – कैलाली-कञ्चनपुरबाट प्रहरीले ३ लाख बढीको अवैध भन्सार छलिको सामान बरामद गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका – ३ ट्राफिक चौराहा, वडा नम्बर ४ को बसपार्क र कञ्चनपुरको भीमदत्त नगरपालिका –१० जिमुवा जाने बाटो, बेलौरी नगरपालिका –६ भुराकोटबाट प्रहरीले ३ लाख २७ हजार २५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।
कैलालीबाट प्याज, चिनी, बिडी, डाल्डा, रङ, कुर्ती, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
Article inline ad #1
यस्तै कञ्चनपुरबाट पेय पदार्थ, बिडी, सुर्ती, कुर्ती, सुटपिस, थान कपडा, धोती, गम्छा लगायतका सामानहरु बरामद गरिएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad