Above Article Ad
  • कृषि विकास बैंकद्वारा पुनर्वासको सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग

    Above Article Content Ad
  • पुनर्वास– कृषि विकास बैंक लिमिटेड शाखा श्रीपुर बेलौरीले पुनर्वास नगरपालिका–९ को सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ ।

    बुधबार पुनर्वास–९ स्थित जिवन शक्ति आधारभूत बिद्यालयलाई डेल कम्पनीका तीन थान डेक्सटप कम्प्युटर सहयोग गरेको हो ।

    Article inline ad #1
  • आर्थिक विपन्नता भएका विद्यार्थी र दलित समुदायका बिद्यार्थीहरु अध्ययन गर्ने उक्त विद्यालयमा विद्यार्थीहरुलाई कम्प्युटरको माध्यमबाट सिकाई सहजीकरणमा जोड दिन संस्थागत सामाजिक उत्तरदायित्व –सिएसआर) कार्यक्रम अन्तर्गत उक्त सामाग्री हस्तान्तरण गरिएको प्रमुख अतिथी तथा कृषि विकास बैंकका सुदुरपश्चिम प्रदेश डाईरेक्टर योगेन्द्र बहादुर सिँहले जानकारी दिए ।

    Article inline ad #2

    “हाम्रो उद्धेश्य सेवाग्राहीलाई कर्जा दिने, निक्षेप संकलन गरीे आम्दानी मात्रै गर्ने हाम्रो दायित्व हैन,” उनले भने, “यो समाजलाई थोरै भएपनि सहयोग गरेर समाजमा योगदान दिने हो ।”

    त्यस्तै कम्प्युटर सामाग्री हस्तान्तरण कार्यक्रममा बिधालयका प्रधानाध्यापक प्रयागराज उपाध्यायले सुदुरपश्चिमकै विकट क्षेत्र भएपनि बिद्यालयलाई छनौट गरी कम्प्युटर सहयोग गर्नुभएकोमा बैंक र सिँङ्गो टिमलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे ।

    उनले हाम्रो बिद्यालय ९० प्रतिशत विपन्न दलित बिद्यार्थी त्यै पनि हलिया बर्गका बिद्यार्थीहरु अध्ययन गर्ने बिद्यालयको रुपमा रहेको बताए ।

    “अहिलेको आधुनिक युगमा कापीका पानामा मात्रै पढेर असम्भव हुन्छ । बिद्यालयमा कम्प्युटरको आवश्यक्ता धेरै थियो ।” उनले भने,“ आगामी दिनमा थप सहयोगको अपेक्षा गरेका छौ ।”

    विगत देखि नै कृषि विकास बैंकले नेपाल अधिराज्यभर यस्ता सहयोग कार्यक्रम गर्दै आईरहेको कार्यक्रमका सभापति तथा बेलौरी शाखाका प्रवन्धक दिपक कुवँरले बताए ।

     

    सुदुरपश्चिम प्रदेश कार्यालय शाखा अधिकृत नरेश अवस्थीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमलाई सञ्चालन बेलौरी शाखाका कर्जा अधिकृत शिवराज भट्टले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by