Above Article Ad
  • अलंकार पब्लिक स्कूलका प्रिन्सिपल ओझाले दिए पास्नीमा छोरोलाई बीमा उपहार

    Above Article Content Ad
  • पुनर्वास -पछिल्लो समय पास्नी, विवाह, व्रतबन्ध, वार्षिकोत्सव जस्ता पर्वहरूमा भड्किलो र देखावटी खर्च गर्नुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ।

    यसै क्रममा कञ्चनपुर पुनर्वास नगरपालिका–८ का पुष्पराज ओझाले आफ्नो छोरोको पास्नीमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार दिएका छन्।आलंकार पब्लिक स्कूलका प्रधानाध्यापक समेत रहेका ओझाले स्कूलका विद्यार्थीहरूको म्यादी बीमा समेत गरिदिएको कम्पनीले बताएको छ।

    Article inline ad #1
  • बीमाप्रति अत्यन्तै सकारात्मक सोचाई भएका ओझाले आफ्नो छोरोको पास्नीमा अनावश्यक र देखावटी खर्च गर्नुको सट्टा रिलायबल नेपाल लाइफको शाखा कार्यालय आईबीआरडीबाट १० लाख बीमांकको बाल सर्वसुलभ जीवन बीमा पोलिसी उपहारमा दिएका हुन्।छोरोको भविष्य सुरक्षित हुनुका साथै छोरो र आफ्नो पनि जोखिम बहन हुने भएकाले उपहारको रूपमा बीमा पोलिसी रोजेको प्रतिक्रिया दिएका छन्।

    Article inline ad #2

    आईबीआरडी शाखा प्रमुख शंकर जैशी र सिनियर एजेन्सी मेनेजर दल बहादुर धामीले छोरोलाई पास्नीको शुभकामना दिंदै संयुक्त रूपमा बुबा ओझालाई बीमालेख हस्तान्तरण गरेका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6