
सेती अस्पतालको स्टाफ नर्स र अनमीको परीक्षा अगाडि नै प्रश्न पत्र बाहिरिएको खुलासा
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डाक्टर खगेन्द्र भट्टले परीक्षाको विषयमा कुनै जानकारी नभएको बताए। परीक्षा सञ्चालन समितिको सदस्यसमेत रहेका सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले परीक्षा पूर्ण रूपमा निष्पक्ष रूपमा सञ्चालन गरिएको दाबी गरेका छन।
उनले भने, ‘परीक्षा पूर्ण रूपमा फेयर भएको छ। लोकसेवाको परीक्षा भन्दा कम छैन। प्रश्न पत्र बाहिरिएको भन्ने निराधार कुरा हो। कसैको स्वार्थ पूरा नभएर भनेको होला। कसैले गलत मनसायले हल्ला फैलाएको होला।’
सेती अस्पतालमा २१ जना नयाँ स्टाफ नर्स भर्नाका लागि परीक्षा लिइएको थियो। परीक्षामा सहभागी भएका ३९ जना उत्तीण भएका छन्। चैत १२ गते बिहानदेखि अन्तर्वार्ताको समय तोकिएको छ। अस्पतालले १८ सिट अनमीका लागि परीक्षा सञ्चालन गरेको थियो। अनमी तर्फ २८ जना लिखित परीक्षामा उत्तीण भएका छन्। उनीहरूको चैत १८ गते बिहान १० बजेदेखि अन्तर्वार्ता रहेको छ।















