
‘पाथीभरा माता’ नामले चिनिने एक जना पक्राउ
Above Article Content Ad
सुर्खेत –सुर्खेत प्रहरीले धर्मकाे नाममा दुर्व्यवहार गर्ने पाथीभरा माता नामले चिनिने एक पुरुषलाई बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा महिला भेषमा प्रस्तुत वीरेन्द्रनगर नगरपालिका-३ एरिचाेक बस्ने अन्दाजी २३/२४ वर्षीय समीर थापा रहेका छन्।
उनी पाथीभरा माताका नामले चिनिन्छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बाेहाेराका अनुसार, उनलाई बुधबार बेलुकी ८ बजेतिर नियन्त्रणमा लिइएको हो ।
उनले धर्मको नाममा झारफुक तथा हेराई मनाई गर्छु भन्दै मानिसहरूलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। जसमा उनले एक महिलालाई निर्घात कुटपिट गरिरहेका छन्। अपशब्द प्रयोग गर्दै कुटपिट गरेपछि ती महिला निकै असहज देखिन्छन्।
Article inline ad #1
साथै, उनले अर्को महिलालाई भिडियो खिच्न भनिरहेका छन् भने खुट्टाको पैतला चटाउन भनिरहेका छन्।
Article inline ad #2
उक्त फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक दिपक मगराठीको कमाण्डमा खटिएको ९ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















