
हुम्लामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, ४ महिला घाइते
Above Article Content Ad
सिमकोटः हुम्लाको मध्यभेगमा आज बिहान माटोको ढिस्कोले पुरिँदा एक महिलाको घटनास्थलमै मृत्युु भएको छ।
पुरिएर अन्य चार महिला घाइते भएका छन्।
सर्केगाड गाउँपालिका–७ रोडिकोट गाउँको राहकोट भन्ने ठाउँमा बिहान घर लिपपोतका लागि माटो लिन गएकी २८ वर्षीया नेत्रकला जैसीको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेश सुवेदीले जानकारी दिनुभयो। माटो खन्ने क्रममा माथिबाट आएको ढिस्कोले पुरेर मृत्युु भएको हो।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad


























