Above Article Ad
  • पत्रकार बस्नेतको अभियानबाट चम्किँदै पुनर्वासको प्याराताल

    Above Article Content Ad
  • पुनर्बास-कञ्चनपुरको पुनर्बास नगरपालिका–९ मा अवस्थित रमणीय प्याराताल पत्रकार दिपेन्द्र बस्नेतको पहलमा यतिबेला नयाँ स्वरूपमा सजिँदै गएको छ।

    पर्यटकीय सम्भावना बोकेको यस ताललाई आकर्षक गन्तव्य बनाउने उद्देश्यले सरसफाइ, संरक्षण तथा सौन्दर्यीकरणका कार्यक्रमहरू सञ्चालन गरिएका छन्।

    Article inline ad #1
  • पत्रकार बस्नेतको नेतृत्वमा सुरु गरिएको अभियान अन्तर्गत ताल वरपर सरसफाइ, वृक्षारोपण, बस्ने स्थान व्यवस्थापन तथा सौन्दर्य अभिवृद्धिका कामहरू तीव्र रूपमा अगाडि बढिरहेका छन्। यस अभियानमा स्थानीयवासी, युवा तथा विभिन्न संघसंस्थाको समेत उल्लेखनीय सहभागिता देखिएको छ।

    Article inline ad #2

    अभियानका अभियन्ता दिपेन्द्र बस्नेतका अनुसार प्याराताललाई व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ। उनले यस कार्यले स्थानीय स्तरमा पर्यटन प्रवर्द्धनसँगै आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरेका छन्।

    स्थानीय तहसँग सहकार्य गर्दै दीर्घकालीन योजना अनुसार प्यारातालको संरक्षण र प्रवर्द्धन गरिने तयारी भइरहेको छ। पत्रकार बस्नेतको यस पहलले क्षेत्रको पहिचान उजागर गर्दै पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6