Above Article Ad
  • सुदूरपश्चिममा महिलाद्वारा सञ्चालित उद्योगलाई प्रविधि हस्तान्तरण गर्न चार वटा उद्योग छनोट

    Above Article Content Ad
  • कैलालीः सुदूरपश्चिम प्रदेशमा महिलाद्वारा सञ्चालित उद्योगलाई प्रविधि हस्तान्तरण गर्न चार वटा उद्योगलाई छनोट गरिएको छ।

    निर्देशनालयका सूचना अधिकारी यशोदा बोहराले कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा जुनकिरीदेवी चौधरीले सञ्चालन गरेको मुक्तकमैया खाद्य उद्योग, कैलालीको जानकी गाउँपालिका–६ स्थित अमृतादेवी ढोलीले सञ्चालन गरेको अलजिवी गारमेन्ट उद्योग, चुरे गाउँपालिका–६ स्थित पार्वती धामीले सञ्चालन गरेको सिद्ध भगवती पशुपंछी तथा कृषि फर्म र बैतडीको डिलासैनी गाउँपालिका–६ स्थित सुनिता कार्कीले सञ्चालन गरेको पञ्चकोटी कृषि फर्मलाई छनोट गरिएको बताइन्।

    Article inline ad #1
  • प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि उक्त कार्यक्रम सञ्चालनका लागि १५ लाख बजेट विनियोजन गरेको थियो। छनोटमा परेका उद्योगका लागि चाहिने आवश्यक सामग्री खरिदमा अनुदान दिइने सूचना अधिकारी बोहराको भनाइ छ। विगत तीन आर्थिक वर्षमा महिला उद्योगीले प्रविधि तथा अन्य अनुदान प्राप्त नगरेका उद्योगीलाई प्रविधि खरिदमा अनुदान दिइने भएको हो। १५ लाखलाई  छनोट भएका उद्योगीलाई दामा साहीले रकम बाँडफाँट गर्नुपर्ने निर्देशनालयले जनाएको छ। उद्योगीले प्रविधि खरिदमा ३० र प्रदेश सरकारको ७० प्रतिशत लागत साझेदारीमा अनुदान दिइने कार्यविधिमा उल्लेख छ। अनुदानका लागि छनोट भएका उद्योगका सञ्चालकसँग सम्झौताको काम सम्पन्न भइसकेको निर्देशनालयका सूचना बोहराले जानकारी दिइन।

    Article inline ad #2

    निर्देशनालयको कार्यविधिअनुसार उक्त कार्यक्रमका लागि अनुदान प्राप्त गर्न कार्यालयमा कम्तीमा तीन वटा प्रस्ताव पेस हुनुपर्दछ। कार्यक्रमका लागि बढी प्रस्ताव पेस भएमा निर्देशनालयले छनोट गरी प्रति उद्योगीलाई सो रकमबाट बाँडफाँट गरेर अनुदान दिइने कार्यालयको कार्यविधिमा उल्लेख गरिएको छ। घरेलु कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका सबै प्रकृतिका उद्योगलाई प्रविधि खरिदका लागि अनुदान स्वरुप रकम उपलब्ध गराउँदै आएको निर्देशनालयले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6