Above Article Ad
  • निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

    Above Article Content Ad
  • कंचनपुर -गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान थाल्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएका छन्।

    आइतबार सिआइबीको कार्यालय निरीक्षणका क्रममा उनले भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सुक्ष्म रुपमा अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।

    Article inline ad #1
  • ‘निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तिव्रता दिन आग्रह गर्छु,’ उनले भने, ‘नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ।’

    Article inline ad #2

    उनले सिमित स्रोत साधनबीच प्रहरीमा सिआइबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएको प्रति खुसी व्यक्त गरे।

    मन्त्री लेखकले सिआइबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको बताए।

    मुलुकमा पछिल्लो समय वित्तीय अपराध बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिए।

    ‘प्रहरीप्रतिको भरोसा बढेकै कारण देशभरबाट प्रहरी चौकी माग हुदै आएको छ,’ उनले भने, ‘प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतको भन्दा चालु आर्थिक वर्षमा तुलनात्मक रुपमा बजेट बढी बिनियोजन गरिएको छ।’

    सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सिआइबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौती लगायतका विषयमा प्रस्तुती राखेका थिए।

    बोगटीले सिआइबीले निर्मला पन्त प्रकरणका साथै अरु घटना सम्बन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराएका थिए। कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापा, सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महारीक्षक चन्द्रकुवेर खापुङ् लगायत सिआइबीका कार्यरत प्रहरी अधिकारी सहभागी थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6